इटहरीः इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अहिले एयर एम्बुलेन्समार्फत् काठमाडौं लगिने भएको छ ।
इलामबाट उनलाई एम्बुलेन्समार्फत् झापातिर राति १० बजे नै हिँडाइसकेको बताइएको छ । केसीलाई झापाको भद्रपुर विमानस्थलसम्म एम्बुलेन्समा ल्याइने र त्यहाँबाट एयर एम्बुलेन्स नाइटभिजन हेलिकोप्टरमार्फत् काठमाडौं लगिने भएको बताइएको छ ।
उनी १० दिन अघिदेखि १६ औं पटक इलाममा अनसनरत थिए ।