फाइल तस्बिर
इटहरीः १६ औं पटकको अनसन बस्न इलाम आएका प्रा. डा. गोविन्द केसीलाई रातारात काठमाडौं लगिएको छ ।
उनलाई आज बिहान ३ बजे शिक्षण अस्पतालको आइसियुमा भर्ना गरेको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर भएका केसीको मुटुको अवस्था खतरायुक्त भएको र जुनसुकै बेला जे पनि हुन सक्ने भनी चिकित्सकले बताएपछि उनलाई उपचारको लागि एयर एम्बुलेन्समार्फत् हिजो राती काठमाडौं लगिएको हो ।
केसीका निजी चिकित्सक अभिषेक सिंहका अनुसार डा. केसीलाई इलामदेखि भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरदेखि काठमाडौंसम्म नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो ।
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न हिजो काठमाडौंबाट आएका पूर्व प्रधानन्यायधीशलगायतको टोलीको सल्लाहमा केसीलाई उपचारको लागि काठमाडौं लगिएको बताइएको छ ।