काठमाडौँः नेपाल राष्ट्र बैङ्कले शनिबानरका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।


यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ९४ पैसा र बिक्रीदर १६७ रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ६३ पैसा र बिक्रीदर १९१ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपियाँ १७ पैसा र बिक्रीदर १७९ रुपियाँ ९३ पैसा कायम गरिएको छ ।


अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ १६ पैसा र बिक्रीदर ९४ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ २८ पैसा र बिक्रीदर ११० रुपियाँ ७४ पैसा तोकिएको छ ।


जापानी येन १० को खरिददर नौ रुपियाँ ०६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ २४ पैसा र बिक्रीदर २० रुपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा कायम भएको छ ।


केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९६ पैसा र बिक्रीदर ३५ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३० पैसा र बिक्रीदर १५ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३४ पैसा र बिक्रीदर २२ रुपियाँ ४४ पैसा तोकिएको छ ।


राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३२ पैसा र बिक्रीदर १८ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपियाँ, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ २३ पैसा र बिक्रीदर ३७१ रुपियाँ ७९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।


राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस