काठमाडौंः चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिना ९साउनदेखि मंसिरसम्म०मा नेपालको वैदेशिक व्यापार तीव्र गतिमा विस्तार हुँदै ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आकार गत आवको सोही अवधिको तुलनामा २० दशमलव शून्य ७ प्रतिशतबढी हो । अघिल्लो वर्ष मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।
आयात र निर्यात दुवैमा वृद्धि देखिँदा समग्र वैदेशिक व्यापार उकालो लागेको हो । यद्यपि, निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको परिमाण ठूलो रहँदा व्यापार घाटा भने अझै उच्च छ । पाँच महिनाको अवधिमा व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १० दशमलव ५२ प्रतिशतबढी हो ।
आयात ७ खर्ब ६६ अर्ब, निर्यात १ खर्ब १६ अर्ब
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५ दशमलव ८३ प्रतिशतले बढी हो । त्यस्तै, निर्यात १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन ५८ दशमलव १७ प्रतिशतको उल्लेखनीय वृद्धि हो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८० प्रतिशत र निर्यातको हिस्सा १३ दशमलव २० प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष निर्यातको हिस्सा १० प्रतिशत आसपास सीमित थियो । आयात–निर्यात अनुपात पनि सुधार हुँदै ८ दशमलव ९८ बाट घटेर ६ दशमलव ५८ मा झरेको छ । यसले निर्यातको योगदान बढ्दै गएको संकेत गरे पनि आयातको उच्च निर्भरता अझै घट्न सकेको छैन ।
पाँच महिनामा १ खर्ब २१ अर्बको इन्धन आयात
अघिल्ला महिनासम्म कुल निर्यात इन्धन आयातभन्दा माथि देखिए पनि पाँचौं महिनामा पुग्दा इन्धन आयातले कुल निर्यातलाई उछिनेको छ । पाँच महिनामा १ खर्ब २१ अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जबकि कुल निर्यात १ खर्ब १६ अर्बमा सीमित छ ।
इन्धनपछि खानेतेल तथा घिउ ९६३ अर्ब १४ करोड०, फलाम तथा स्टील ९५४ अर्ब ६ करोड०, इलेक्ट्रिकल मेसिनरी तथा पाटर््स ९५३ अर्ब ९३ करोड० र सवारीसाधन तथा पार्टपुर्जा ९४७ अर्ब १९ करोड० आयात शीर्ष स्थानमा छन् । यसैगरी, रासायनिक मल ९३२ अर्ब १५ करोड०, औषधिजन्य वस्तु ९१८ अर्ब २० करोड० र तरकारीजन्य वस्तु ९१४ अर्ब ८९ करोड०को आयात पनि उल्लेख्य देखिएको छ ।
वस्तुगत आयात संरचनामा यस वर्ष एउटा रोचक परिवर्तन देखिएको छ । डिजेललाई उछिन्दै कच्चा सोयाबिन तेल आयात शीर्ष स्थानमा पुगेको छ । पाँच महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँबराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । यस अवधिमा ३० करोड ३७ लाख लिटर सोयाबिन तेल आयात भएको तथ्यांक छ ।
डिजेल ४५ अर्ब ६० करोड, पेट्रोल २७ अर्ब ३३ करोड, खाना पकाउने एलपी ग्यास २२ अर्ब ३९ करोड, स्मार्ट फोन १९ अर्ब १३ करोड र सुन १९ अर्ब ७ करोड रुपैयाँबराबर आयात भएको छ । मोबाइल र सुनको आयात वृद्धिले उपभोगमुखी माग अझै बलियो संकेत गर्छ ।
निर्यातमा सोयाबिन तेल, अलैंची र कार्पेट अगाडि
निर्याततर्फ पनि सोयाबिन तेल र त्यससम्बन्धी वस्तुहरू अग्रस्थानमा छन् । पाँच महिनामा ४६ अर्ब ५५ करोड रुपैयाँबराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यसपछि ठूलो अलैंची ९५ अर्ब ५३ करोड०, कार्पेट ९४ अर्ब १३ करोड०, सूर्यमुखी तेल ९३ अर्ब ७३ करोड० र जुटजन्य वस्तु ९२ अर्ब ७३ करोड० निर्यात भएका छन् ।
त्यस्तै, चिया, कफी तथा मसला, कपडा, गलैंचा, धागो र टेक्सटाइलजन्य वस्तुहरूले पनि निर्यात वृद्धिमा योगदान दिएका छन् । निर्यातमा देखिएको यो सुधार सकारात्मक संकेत भए पनि यसको ठूलो हिस्सा सीमित वस्तुमा केन्द्रित रहनु दीर्घकालीन दृष्टिले चुनौतीपूर्ण मानिन्छ ।
छिमेकीसँग व्यापार घाटा अझै गहिरो
पहिलो पाँच महिनाको तथ्यांकअनुसार नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । भारतबाट ४ खर्ब ३४ अर्ब रुपैयाँबराबरको आयात हुँदा नेपालले ९५ अर्ब रुपैयाँबराबरको निर्यात मात्र गरेको छ । यसअनुसार भारतसँग मात्रै ३ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा देखिएको छ ।
दोस्रो स्थानमा रहेको चीनबाट १ खर्ब ६३ अर्ब रुपैयाँबराबरको आयात हुँदा निर्यात भने ४६ करोड रुपैयाँमा सीमित छ । यसैगरी, अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड रुपैयाँबराबरको आयात हुँदा निर्यात केवल ८ लाख रुपैयाँ मात्रै भएको छ । यूएई, अमेरिका, इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिललगायत देशहरूसँग पनि ठूलो व्यापार घाटा कायम छ ।
३४ देशसँग नाफा, १ सय १४ देशसँग घाटा
नेपालले हाल १ सय ४८ भन्दा बढी देशसँग व्यापार गर्दै आएको छ । तर, भन्सार विभागको तथ्यांकअनुसार ३४ देशसँग मात्रै व्यापार नाफामा छ भने १ सय १४ देशसँग घाटा व्यहोर्दै आएको छ । डेनमार्क, रोमानिया, स्वीडेन, नर्वे, कोलम्बिया, लेबनान, आइसल्यान्डलगायत मुलुकसँग नेपालले नाफाको व्यापार गरिरहेको छ ।
डेनमार्कबाट करिब ७ करोड रुपैयाँको आयात गर्दा नेपालले ४५ करोड रुपैयाँभन्दा बढीको निर्यात गरेको छ । यस्ता मुलुकसँगको व्यापार नाफा सीमित परिमाणमा रहेकाले समग्र घाटा घटाउन पर्याप्त देखिँदैन ।
पाँच महिनामा १५ अर्बभन्दा बढीको धानचामल आयात
खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको धान र चामलको आयात पनि बढ्दो क्रममा देखिएको छ । चालू आवको पहिलो पाँच महिनामा १५ अर्ब ४३ करोड रुपैयाँबराबरको ३ लाख १ हजार ८ सय ९१ टन धानचामल आयात भएको छ । यसमध्ये धान ६ अर्ब ८८ करोड र चामल ८ अर्ब ५५ करोड रुपैयाँबराबरको आयात भएको छ ।
गत वर्षको तुलनामा धान र चामल दुवैको आयात वृद्धि हुनु आन्तरिक उत्पादन, मूल्य र आपूर्ति व्यवस्थापनमा चुनौती कायम रहेको संकेत मानिन्छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।




















