धनकुटाः उच्च अदालत विराटनगरको धनकुटा इजलासले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा ५३ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ ।

आर्थिक वर्ष ०७४÷०७५ को जिम्मेवारीमा रहेका ७४ र आर्थिक वर्ष ०७५÷०७६ मा नयाँ दर्ता भएका कुल २ सय ७५ मुद्दा रहेकोमा करिब ५३ प्रतिशत अर्थात १ सय ४५ मुद्दा फछ्र्योट गरेको हो ।

अहिले पनि १ सय ३० वटा मुद्दा फैसला हुन बाँकी रहेको धनकुटा इजलासका मुख्य न्यायाधीश विनोद शर्माले जानकारी दिए । उनका अनुसार अदालतमा ६ महिनाभित्र दर्ता भएका १ सय १७ वटा मुद्दा छन् ।

६ महिनादेखि ९ महिनाभित्रका ९ वटा र ९ महिनादेखि १ वर्षसम्मका ४ वटा मुद्दा फैसला हुन बाँकी रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । अदालतमा १ वर्ष पहिले दर्ता भएका मुद्दा भने सबै फछ्र्योट भएका छन् ।