इटहरीः खाना दिने वेटर र वेट्रेस नाङ्गै । खाना खान आएकाहरू पनि नाङ्गै । हो, यस्तो शैलीको एकमात्रै रेस्टुरेन्ट थियो फ्रान्सको राजधानी पेरिसमा । शुरुमा चलेको पनि थियो । अब भने यो बन्द हुने औपचारिक घोषणा भएको छ ।

सन् २०१७ को डिसेम्बरमा खुला गरिएको यो रेन्टुरेन्ट एक वर्ष मात्रै चल्यो । र आगामी फेब्रुअरी १६ मा यो बन्द हुँदैछ ।

५८ डलरमा छानीछानी स्वाद लिन पाउने यो रेस्टुरेन्ट बन्द हुनुको कारण व्यापार कम हुनु भएको यसका मलिकहरूले बताएका छन् । ओ नेचुरुल नामक यो रेस्टुरेन्ट बन्द हुनुको कारण व्यापार नहुनु नै भएको यसका मालिकद्वय माइक र स्टेफेसन साडाले बताएको सिएनएनले उल्लेख गरेको छ ।

सिएनएनका पत्रकार ज्याक गाईले जनवरी १० मा समाचार लेख्दै नग्न रेष्टुरेन्ट बन्द भएको सार्वजनिक गरेपछि यो कुरा विश्वभर चर्चामा छ ।