बेलबारीः मोरङको सुन्दरहरैचामा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा को १४ प ९२०५ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैंचा–१० का १९ वर्षीय आकाश खत्रीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बा. १५ च ४०५० नम्बरको कारमा ठक्कर खाँदा खत्री बीच सडकमा लडेका थिए । बीच सडकमा लडेका खत्रीलाई विपरीत दिशातिर गइरहेको मे १ ख २६६६ नम्बरको बसले ठक्कर दिँदा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार तथा बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।