काठमाडौंः नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ । नेपाली सेनाले पाँच दिन लगाएर सो स्थानमा पुल जडान गरेको हो । सेनाको टोली निरन्तर खटिएर बुधबार राति पुल जडान सम्पन्न गरिएको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएको थियो ।

नयाँ पुल जडान भएसँगै आज बिहीबारदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भोलि शुक्रबारदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन् ।

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।