विराटनगरः तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले वर्तमान सरकारको काम जनअपेक्षाअनुसार नभएको बताएका छन् ।
उनका अनुसार भोलि देशैभर प्रदेशस्तरीय विरोध कार्यक्रम हुने भएको हो । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार प्रदेश नम्बर १ को विराटनगरमा भोलि ८ गते विरोध कार्यक्रम हुने भएको हो ।
त्यस्तै, ९ गते जनकपुरमा, १० गते हेटौंडामा, ११ गते पोखरामा, १३ गते सुर्खेतमा र १४ गते धनगढीमा विरोध कार्यक्रम हुने भएको छ ।