इटहरीः होटल व्यवसायी संघ इटहरीले नेपाली मौलिक खानालाई प्रवद्र्धन गर्ने भएको छ । माघ २४ गते देखि इटहरीमा शुरु हुने फुड फेस्टिभललाई मध्यनजर गरेर मौलिक खानाको प्रवद्र्धनमा जोड दिने संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए ।
आज इटहरीको होटल भरण्डामा पत्रकार सम्मेलन गर्दै संघले नेपाली समाजमा भएका विभिन्न जातीय परिकारहरुलाई प्रचार प्रसार गरि प्रवद्र्धनमा जोड दिने उदेश्य राखिएको बताइएको छ । ‘ओझेलमा परेका जातीय परिकारको प्रचार आजको आवश्यकता हो, हामीले मेला महोत्सवमार्फत यस्ता परिकारको प्रचार गर्दै जानुपर्छ ।’ अध्यक्ष पराजुलीले भने ।
मेलामा राजवंशी, थारु, गुरुङ, राई, लिम्बलगाएतका समुदायको मौलिक परिकार फेस्टिभलको मुख्य आकर्षण रहने जनाइएको छ ।
मेलामा हेलिकोप्टर उडान, विभिन्न संगीतिक कार्यक्रम, पारिवारिक वातावरणमा रमाउने विभिन्न खेल उद्यानको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।