बेलबारीः मोरङको बेलबारी– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक जना मजदुरको मृत्यु भएको छ ।

सोही स्थानमा रहेको बस्नेत ग्रील उद्योगमा काम गर्दै आएका ३७ वर्षीय मनिष बराइलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।

वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराइलीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।