भोजपुरः नयाँ मुलुकी संहिता लागू भएको ५ महिनामा जिल्ला अदालत भोजपुरमा २० जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था गरिएको छ । जिल्ला अदालत भोजपुरका अनुसार भदौमा ९, असोजमा ३, कात्तिकमा २, मङ्सिरमा २ र पुसमा ४ जना पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन् । अदालतका नायब सुब्बा नवीन कोइरालाका अनुसार सो अवधिमा २१ जना महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् ।

अदालतका अनुसार दर्ता भएका ४१ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये २० वटा फैसला भएका छन् ।