ओखलढुङ्गाः ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ स्थित मिलनचोक नजिक बसको ढोकामा झुन्डिएर यात्रा गर्ने क्रममा ट्याक्टरमा ठोक्किएर एक जना घाइते भएका छन् ।

आज बिहान साढे १० बजेको समयमा खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकामतर्फ आउँदै गरेको ना ४ ख १३९३ नम्बरको बसको ढोकामा सवार व्यक्ति घाइते भएका हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय सागर तामाङ बाटोमा पार्किङ गरिराखेको ट्याक्टरमा ठोक्किएर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ । बस र चालकलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।