ओखलढुङगाः अविरल परेको हिमपातका कारण ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ मा सडक अवरुद्ध भएको छ ।
सिद्धिचरण राजमार्गको ठाडेदेखि धापसम्म ३ किलोमिटर सडक खण्डमा १ फिट बाक्लो हिउँ जम्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सडकमा हिउँ जम्दा सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द भएको सो कार्यालयले जनाएको छ ।