भोजपुरः ३७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ च्याङ्गे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले ८ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।
न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले सो फैसला सुनाएको अदालतका सूचना अधिकारी राजकुमार दाहालले बताए । पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीले गत असोज २५ गते बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।