इलामः इलामको फाकफोकथुम गाउँपालिकामा भएको एकीकृत घुम्ती शिविरमा ३ सय जनाले नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित शिविरमा २ सय ९० जनाले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताए ।
त्यस्तै, २ सय ५० जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लास्थित ७ वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमुना परीक्षण गरिएको थियो ।
नेपाल टेलिकमले ४१ जनालाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरेको थियो । आयुर्वेद औषधालयले करीब २ सय बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरेको जनाएको छ । करदाता कार्यालय र डिभिजन वन कार्यालयले सर्वसाधारणलाई परामर्श सेवा उपलब्ध गराएका थिए ।
गाउँपालिकामा पहिलोपटक घुम्ती शिविर आयोजना भएकाले सेवाग्राहीको चाप बढेको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । उनले गाउँपालिकाले सबै सेवा एकै ठाउँमा दिएर गाउँवासीका लागि ठूलो राहत पु¥याएको बताए ।