ओखलढुङ्गाः नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेवि सङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरू बीचको विवादको असर भ्रातृ सङ्गठन नेवि सङ्घलाई परेको हो ।

हालै सम्पन्न १२ औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेवि सङ्घका २ वटा समिति गठन भएका छन्् । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेवि सङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति बनाउन केन्द्रीय प्रतिनिधिको भूमिका खेलेका थिए ।

नेवि सङ्घको जिल्ला अधिवेशनका विषयमा आसन र भाषणको विषयलाई लिएर नेताबीच कुटाकुट भएपछि विद्यार्थी पनि विभाजित भएको नेवि सङ्घका पूर्वअध्यक्ष विनोद केसीले बताए ।

‘नेवि सङ्घलाई पार्टीले हस्तक्षेपसमेत गर्न मिल्दैनथ्यो तर नेताहरूले रवैया देखाए,’ उनले भने, ‘जिल्ला समिति नै २ वटा बनाए गाउँ तथा नगर अधिवेशनमा सहमति गरेर १२ औँ जिल्ला अधिवेशनमा जुटेका विद्यार्थीहरू पनि नेताहरूले गुटगत व्यवहार गरेपछि आफ्ना नजिकका नेताहरूका पक्षमा लागेका छन् ।

यसैबीच, नेवि सङ्घ ओखलढुङ्गामा फुट ल्याएको र भ्रातृ संस्थालाई स्वतन्त्र नछोडेको विरोधमा आज काठमाडौंमा नेवि सङ्घले पार्टी कार्यालयअगाडि प्रदर्शन गरेको छ ।