विराटनगरः नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जीपी कोइराला फाउण्डेसन’को मोरङ शाखाले पूर्णता पाएको छ ।
बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर १ संयोजक इन्दिरा थापाले सो फाउण्डेसनलाई पूर्णता दिएकी हुन् ।
मोरङमा कौशल निरौलाको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति बनेको छ । गठित समितिको सह–संयोजक वेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई, सह–सचिव सन्तोष पोख्रेल र कोषाध्यक्ष पुनम सिंह रहेका छन् ।
यस्तै, सदस्यमा रीता पोख्रेल, शर्मिला अधिकारी, वैद्यनाथ झा, गिरिजाप्रसाद कोइराला, पदम सरदार, बिर्जुकुमार गच्छदार, नितिन भगत र अञ्जु दाहाल रहेका छन् । यस्तै, प्रदेश समितिमा निर्मलकुमार दुगडलाई समेत मनोनयन गरिएको छ ।
कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै छोरी सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका ७ प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरिरहेको बताइएको छ ।
कार्यक्रममा काङ्ग्रेस नेता तथा फाउण्डेसनका सल्लाहकार गयानन्द मण्डल, प्रदेश नं १ का कोषाध्यक्ष हरिनारायण चौधरी, सचिव शैलन्द्र शिवाकोटीलगायतको सहभागिता रहेको थियो ।