उदयपुरः उदयपुरको कटारीबाट सोरुङछविमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जीप शुक्रबार कटारी नगरपालिका–११ को बेतिनीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार जीप सडकबाट करीब ५० मिटर तल खस्दा चालक तेजबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको बताइएको छ ।