इटहरीः डा. गोविन्द केसीको मागको समर्थनमा इटहरीमा १८ जना युवा सामुहिक अनसनमा बसेका छन् । डाक्टर केसीले उठाएका मागलाई बेवास्ता गर्दै जबर्जस्त रूपमा विधेयक पास भएको भन्दै युवाहरू अनसन बसेका हुन् ।

लिबरल सोसाइटी नामक संस्थाले आयोजना गरेको अनसन शनिबार बिहान १० बजेदेखि शुरु भएको छ । अनसन २४ घण्टा रहने बताइएको छ ।

संस्थाका अध्यक्ष शुभेच्छु देवानका अनुसार गरीब जनताको लागि लडेका केसीका मागलाई सरकारले लत्याएको हुनाले केसीको समर्थनमा अनसन बसिएको हो ।

चिकित्सा शिक्षा विधेयकलाई सरकारले जबर्जस्त संसदमा पेश गरेको र संसदले हुकुमी शैलीमा पास गरेकाले गरीब जनताको पक्षबाट आवाज उठाएको देवानको भनाइ छ ।

वर्तमान सरकार शैक्षिक माफिया र दलालको चङ्गुलमा फसेको उनको आरोप छ ।

dr kcko samarthan itahari

 

dr kcko samarthan