दुहबीः दुहबीमा रहेको महेन्द्र मेमोरियल एकेडेमीको ३७ औं वार्षिक उत्सवमा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा नीतिलाई उच्च प्राथमिकतामा राख्ने उनले बताए । मन्त्री घिमिरेले शिक्षा नीति र संरचनामा बृहत सुधार गर्दै लैजाने छलफलको विषय रहेकाले शैक्षिक गुणस्तर सुधारका लागि १ नम्बर प्रदेश सरकारले चाँडै नै शिक्षा विधेयक पेश गर्ने बताए ।

कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।