इटहरीः राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले तालतलैया नेपालकै उत्कृष्ट गन्तव्य महशुस भएको बताएका छन् । शनिबार बिहान तालतलैया भ्रमण गरेका उनले तालतलैयामा भएजस्तो रचनात्मक कामको खाँचो हरेक स्थानीय तहमा रहेको बताए ।

एक स्थानीय तह एक पर्यटन केन्द्र बन्यो भने आन्तरिक पर्यटन प्रवद्र्धन हुने र त्यसैको आधारमा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उनको भनाइ थियो ।

मानव निर्मित ढुङ्गाका मूर्ति अवलोकनपछि उनले आफूलाई नेपाल भरिकै उत्कृष्ट पर्यटकीय हबमा आएको महशुस भएको उनले बताएका हुन् ।

तालतलैयाले पर्यटनको प्याकेज दिने प्रयास गरेको उनले बताए । ‘तर पछिल्लो समय हरियाली हराउँदै गएको जस्तो देखियो,’ उनले भने, ‘त्यसैले भद्दा सामग्रीभन्दा आकर्षक, रचनात्मक र प्राकृतिक चीजको आकर्षण बढाउनु पर्छ ।

उनको सुझावलगत्तै तालतलैया पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष वीरबहादुर लिम्बूले तालतलैयाको बीचमा कैलाश पर्वतको नमुना बनाउन लागिएको बताए ।

taltalayia bhraman swarnim wgle  (2)