इटहरी/ विराट अटो सेन्टर विराटचोकले आफ्नो शाखा मोरङको नगरोन्मुख बजार ग्रामथान गाउँपालिकाको नेताचोकमा खोल्ने भएको छ ।

विराट अटोका प्रोप्राइटर दयाराम खवासका अनुसार साउन १७ गते शाखाको उद्घाटन हुने छ । शाखाको उद्घाटनको अवसरमा साउन १७ र १८ गते एक्सचेन्ज अफर र फ्रि सर्भिसको सुविधा पनि हुने उनले बताए । उनका अनुसार उद्घाटनको अवसरमा मोटरसाइकल र स्कुटर खरिद गर्नेलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ ।

यामाहा कम्पनीका मोटरसाइकल र स्कुटरमा फ्रि सर्भिस र एक्सचेन्जको सुविधा हुने खवासको भनाइ छ । नेताचोक ग्रामीण क्षेत्रको उदाउँदो शहर भएको हुनाले सो क्षेत्रका ग्राहकलाई लक्षित गरी शाखा खोलिएको उनले बताए ।