दुहबीः समुदाय प्रहरी सुनसरी जिल्ला समितिले शनिबार निसहाय बालबालिका सेवा आश्रमलाई न्यानो कपडा वितरण गरेको छ ।
सुनसरीको दुहवी ५ मा रहेको निसहाय बालबालिका सेवा आश्रमलाई न्यानो कपडा (स्वीटर र टोपी) वितरण गरिएको हो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले न्यानो कपडा वितरण गरेका थिए ।