दुहबीः दुहबी नगरपालिकाको वडा नम्बर ६ ले जाडोको लागि न्यानो कपडा वितरण गरेको छ ।

शनिबार दुहबी– ६ स्थित श्रीकृष्ण मन्दिरमा एक कार्यक्रमका बीच न्यानो कपडा कम्बल वितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष मुन्ना हलुवाईले ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई २ लाख रुपैयाँबराबरको २ सय ३० थान न्यानो कपडा कम्बल वितरण गरेको थियो ।

वडा नम्बर ६ लाई नमुना वडा बनाउने वडाध्यक्षले बताए । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले ज्येष्ठ नागरिकलाई अप्ठ्यारो परेमा नगरपालिकालाई जानकारी दिन अनुरोध गरेका थिए ।