झापाः अर्जुनधारा नगरपालिका¬¬–५ र ७ बाट मदनपुर जाने बिरिङ खोलामा १ करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको शनिबार शिलान्यास भएको छ ।

सङ्घीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय सांसद पवित्रा निरौला (खरेल)ले शिलान्यास गरेकी हुन् ।

१ सय ६० मिटर लम्बाइ र ४ फिट चौडाइको सो पुल आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी युवराज डाँगीलाई निर्माण ठेक्का दिइएको छ ।

खुदुनाबारी, मदनपुर र अर्जुनधारावासीलाई वर्षात्को समयमा बिरिङ खोलामा आउने बाढीका कारण आवतजावत गर्न समस्या भइरहेको हुँदा झोलुङ्गे पुल निर्माण गर्न लागिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताए ।