ज्ञानगुनका सामग्री

१. ‘पिसाबलाई हिसाबमा रूपान्तरण’ नामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो ?

⇨  मंगला गाउँपालिका

(नोट – म्याग्दीको उक्त गाउँपालिकाले २०७५ पुस ८ गतेबाट यो अभियान सञ्चालन गरेको छ ।)

 

२. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

⇨ २०७५ पुस १६–१७, सिन्धुपाल्चोकको गुफाडाँडा

(नोट – ‘समृद्ध नेपाल, स्वच्छ नेपाली’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र ‘साझा सिन्धु’ जारी गरेको थियो ।)

 

३. नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ?

⇨ असार २ गते

 

४. विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ?

⇨ चिली

 

५. साहित्यिक कृति ‘कोरियाना कफी गफ ’का लेखक को हुन् ?

⇨ नारायण वाग्ले

 

६. ‘मानव विकास सूचकांक २०१८’ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

⇨ १४९औँ स्थानमा

 

७. अग्रज लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन कहिले भयो ?

⇨ २०७५ पुस १३

 

८. नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासलाई के नामाकरण गरिएको छ ?

⇨ सूर्यकिरण

 

९.‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ?

⇨ सुनसरीको धरानमा

 

१०. ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई चिनिन्छ ?

⇨ मरिचमानसिंह श्रेष्ठ

 

११. ‘सातौँ राष्ट्रिय गणित सम्मेलन’ कहाँ भयो ?

⇨ बुटवलमा (नोट – २०७५ पुस २८ देखि माघ १ सम्म नेपाल र भारतका गणितिज्ञहरूको भेला भएको थियो ।)

 

१२. भेडीखोला जलविद्युत् आयोजना नेपालको कुन जिल्लामा पर्दछ ?

⇨ पर्वत

 

१३.गोरखापत्रको प्रकाशनको सुरुमा सम्पादकीय लाई के नाम दिइएको थियो ?

⇨ एडिटरको राय

 

१४. तामाङ भाषा र लिपिमा लेखिएको पहिलो पत्रीका कुन हो ?

⇨ जाम्बुलिङ

 

१५. नेपालको पहिलो ‘अस्ट्रिच फर्म’ कहाँ रहेको छ ?

⇨  रुपन्देही (नोट – दोस्रो फर्मचाहिँ दाङको बेलझुन्डीमा रहेको छ ।)

 

१६. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ?

⇨ विश्वजित मल्ल

 

१७. बहुचर्चित पेय पदार्थ ‘कोकाकोला’को उत्पादन सुरु कहिलेदेखि भयो ?

⇨ सन् १८८६ मे ८ (स्मरण रहोस्, कोकाकोलाको मुख्यालय एटलान्टा सहर, जर्जिया राज्य युएसएमा रहेको छ भने नेपालमा कोकाकोलाको कारोबारको सुरुवात सन् १९७९ बाट भएको हो ।)

 

१८. स्पेनमा आयोजना गरिने पर्यटन मेलालाई के नामाकरण गरिएको छ ?

⇨ फिटुर

 

१९. थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ?

⇨ कैलाली

 

२०. सर्वोच्च अदालतले ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ?

⇨ २०७० पुस २१

 

२१. सार्वजनिक यातायातका साधनमा हुने दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साल साउन १८ गतेदेखि सुरु गरेको नयाँ अभियानको नाम के हो ?

⇨ सेफ्टीपिन

 

२२. नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?

⇨ सुवासचन्द्र नेम्वाङ (पेस्की खर्च ऐन २०६३)

 

२३. ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

⇨ १०५औँ स्थान (०.६७१ अंक) (स्मरण रहोस्, इन्डेक्सको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने अन्तिम स्थानमा यमन रहेको छ ।)

 

२४. कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको मुख्य लगानीमा बन्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति हुने अनुमान छ ?

⇨ ६८८ मेगावाट

 

२५. विश्वमा कतैपनि नपाइने 'स्नो ट्राउट' माछा नेपालको कुन तालमा पाइन्छ ?

⇨ रारा ताल