झापाः झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आज अपराह्न्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् ।

अपराह्न्न ५ बजेतिर आगलागी हुँदा शिविरका ७ वटा छाप्रा पूर्ण रूपमा जलेका थिए । अन्य ५ वटा छाप्रा भने आगो निभाउने क्रममा भत्काइएको थियो ।

आगो बेलडाँगी २ सेक्टर बी ४ की अनिता राईको छाप्रा नम्बर १ सय २ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको हो भन्ने खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणमा आइसकेको बताइएको छ । क्षतिको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

saranarthi sibirma aago  (2)