विराटचोकः ट्रिफरको ठक्करबाट ११ वर्षीया लक्ष्मी ढकालको मृत्युपछि आक्रोशित भएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा अहिले सुन्दरहरैंचामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् ।
घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् । निषेधाज्ञाका बाबजुद पनि प्रदर्शनमा जानेको सङ्ख्या बढिरहेको स्थानीयले बताए ।