धनकुटाः जीपी फाउण्डेसन प्रदेश नं. १ ले धनकुटास्थित अनिवार्य निःशुल्क आवासीय विद्यालय पाख्रीबास र पञ्चकन्या प्राथमिक विद्यालय देवीटारका विद्यार्थीलाई आइतबार न्यानो कपडा वितरण गरेको छ ।

१ सय २० जना जना विद्यार्थीलाई स्वीटर तथा टोपी वितरण गरिएको फाउण्डेसनको प्रदेश नं १ की संयोजक इन्दिरा थापाले जानकारी दिइन् ।

फाउण्डेसनले प्रदेश नं.१ का विभिन्न स्थानमा सामाजिक सेवाका काम गर्ने उद्देश्य राखेको र सोहीअनुरूप काम भइरहेको थापाले जानकारी दिइन् ।