ओखलढुङ्गाः ओखलढुङ्गा र सोेलुखुम्बुको सिमानामा पर्ने ठाडे–पत्तालेमा बाक्लो हिउँ जमेका कारण सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध भएको छ ।
हिउँका कारण अवरुद्ध सडक सञ्चालन भएको ३ दिन नबित्दै फेरि हिउँ परेपछि सडक अवरुद्ध भएको हो । हिउँ सिसाझँै जमेका कारण सवारी सञ्चालनमा समस्या आएको चालक सुवास खड्काले बताए । निरन्तरको वर्षा र हिमपातपछि सोलुखुम्बु हिँडेका दर्जनौँ यात्रुवाहक तथा मालवाहक सवारी साधन ठाडे बजारमा रोकिएका छन् ।
बीच बाटोमै सवारी रोकिएपछि यात्रु अलपत्र परेका छन् । हिउँमा पानीको मात्रा धेरै भएका कारण सवारी साधन नचलाउन स्थानीय प्रशासनले सचेत गराएको छ । ठाडे र पत्ताले क्षेत्रमा करीब ४ फिटसम्म हिउँ जमेको बताइएको छ ।