ओखलढुङ्गाः ओखलढुङ्गा जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भएको छ । धेरै वर्षपछि मङ्गलबार निकै तल्लो क्षेत्रसम्म हिमपात भएको हो ।
यसअघि ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे–पत्ताले क्षेत्रमा भारी हिमपात हुने गरेको भए पनि मङ्गलबार भने निकै तल्लो क्षेत्रमै हिउँ परेको स्थानीयले बताए । स्थानीयका अनुसार करीब २५ वर्षपछि तल्लो क्षेत्रमा हिमपात भएको हो । जिल्लाको भूसिङ्गा, पुलिका, चर्नालु, पात्ले, जन्तरखानी, माम्खा देउरालीसहितका ठाउँमा हिमपात भएको बताइएको छ ।