धरानः नेपाल तामाङ महिला घेदुङ, सुनसरीले धरानमा सोनाम ल्होसार २८५५ को स्वागत गरेको छ । महिला घेदुङले फाग ल्हो (सुँगुर वर्ष) को सांस्कृतिक उत्सव आयोजना गरी स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा लोकप्रिय सेलो गायक रोज मोक्तानले आधा दर्जन सेलो गीत गाएर सहभागीलाई नचाएका थिए । उनले कलकत्ते काइँयो..., हेलम्बुको बजारमा..., हिँउ प¥यो फुरुरु..., झमझम इस्टकोट..., रातोरातो गाला... र सोल्टिनी... लगायतका गीत गाएका थिए । कार्यक्रममा सहभागीलाई तामाङहरूको सांस्कृतिक तथा परम्परागत खाद्य परिकारसमेत खुवाइएको थियो ।
नेपाल तामाङ महिला घेदुङ सुनसरी अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक समी लामा थिए । नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रीय सदस्य मैतबहादुर तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा, जिल्ला सचिव मंगलसिंह मोक्तानले कार्यक्रममा आफ्ना भनाइ राखेका थिए ।
त्यस्तै, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ सुनसरी अध्यक्ष सङ्गीता सुब्बा, पूर्व अध्यक्ष रमला पाख्रिन, युरेका बोर्डिङ स्कुलका निर्देशक सुदीप यल्मोलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा ज्येष्ठ तामाङ महिला र तामाङ समाजमा योगदान पु¥याउने २ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।