सङ्खुवासभाः खाँदबारी नगरपालिका–४ सेकाहास्थित लहरी च्यानेदर्जे डाँडा सामुदायिक वनले समूहमा रही उत्कृष्ट काम गरेका ४ जना उपभोक्तालाई सम्मान गरेको छ ।

उत्कृष्ट काम गर्ने इन्द्रबहादुर गुरुङ, लछिमाया राई, लाक्पाछेकी शेर्पा र साङ्गे शेर्पालाई सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । चारै जनालाई समूहका अध्यक्ष लक्ष्मीप्रसाद कोरङ्गी र जिल्ला वन कार्यालयका वनरक्षक टीका तामाङले सम्मान गरेका हुन् ।

सो वन समूहको आम्दानीले विद्यालय, स्वास्थ्यचौकी र बाटोघाटो निर्माण गरिँदै आएको छ । वि.सं २०५१ मा गठन भएको सो सामुदायिक वनमा २ सय २६ परिवार उपभोक्ता छन् ।