बेलबारी/ बेलबारी नगरपालिकाको दोसा्रे नगरशभा बाट हरित नगरी नगर बनाउने लक्ष्यका साथ एक घर दुई बिरुवाको अबधारण अगाडी बढाईरहेका बेला अमना सिसौलि सामुदायिक बनले बिरुवा रोप्न थालेको छ । बेलबारी ३मा पशुहाट लाग्ने जग्गा छेउ लोहान्द्रा खोला किनारमा उत्त सामुदायिक बनले २ सय बिरुवा रोपेको छ । नगरपालिकाको सहयोगमा सामुदायिक बनले बेल,स्वामि, बर, पिपल, कपुर, फुल्ने सिरिस, मसला, कदम, टिक र वास लगायतका बिरुवा रोपिएको अमना सिसौलि सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लिला प्रसाद आचार्यले बताए । बेलबारीलाई पहिचान दिनका लागी बेलको बिरुवा बढि रोपिएको अध्यक्ष आचार्यको भनाइ छ ।

एक हप्तामा २ हजार रोप्ने लक्ष्य
अमना सिसौलि सामुदायिक बनले एक हप्तामा २ हजार बिरुवा रोप्ने लक्ष्य लिएको जनाएको छ । बनको जग्गा भित्र खालि रहेको जमिना बिभिन्न खालका २ हजार भन्दा वढि बिरुवा रोप्ने लक्ष्य लिएको अध्यक्ष आचार्यले बताए । बिरुवा रोप्ने मात्रै हामीले कार्यक्रम ल्याएका छौनौ अध्यक्ष आचार्यले भने बैज्ञानिक बन ब्यबस्था पन सगै रोपिएका बिरुवाको समरक्ष्ण गर्ने योजना समेत बनाएका छौ ।

बेलबारीको पहिचान दिन बेलको बिरुवा
अमना सिसौलि सामुदायिक बनले बेलबारीको पहिचान समेत बिरुवा मार्फत खोजेको छ । बेलका रुख धेरै भएका कारण बेलबारी भएको भन्ने केहि बृद्ध बृद्धाको भनाई रहेको छ भने केहि इतिहास कारले बेले धिमाल नाम गरेका ब्यात्ती बसोबास गरेका हुनाले बेलबारी नाम हुन गएको बताउ छन । तर सामुदायिक बनले बेलबारीको पहिचानका लागी बेलको बिरुवा रोप्ने अभियान थालेको छ ।