बेलबारीः मोरङको पथरीशनिश्चरे नगरपालिका–४ मा आगो ताप्दै गरेका एक व्यक्तिको बुधबार बिहान मृत्यु भएको छ ।

बिहान करिब ७ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक बेहोश भएका ७४ वर्षीय अशोक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उच्च रक्तचापका कारण वृद्धको मृत्यु भएको प्रहरीको अनुमान रहेको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा पठाइएको बताइएको छ ।