बेलबारीः बेलबारी–८ राधानगरमा रहेको जनप्रेमी बचत तथा ऋण सहकारी संस्थाले शहीद दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरी ४८ पिन्ट रगत सङ्कलन गरेको छ ।
आज रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका उपाध्यक्ष हेम श्रेष्ठले बताए । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । वि.स.२०७० सालदेखि शहीद दिवसको अवसर पारेर सो संस्थाले रक्तदान गर्दै आइरहेको उनले बताए ।