दुहबीः दुहबी नगरपालिका वडा नम्बर ३ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ ।
सो कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गरी न्यानो कपडा वितरण गरेको हो । दुहबी वडा नम्बर ३ का १ सय जनालाई न्यानो कपडा (कम्बल) वितरण गरिएको वडाले जनाएको छ ।
कार्यक्रममा दुहबी वडा नम्वर ३ का वडाध्यक्ष माधव भण्डारी तथा वडा सदस्य मीनबहादुर मगर, मैना राई, जीवन लुईंटेल र सिसुवा सरदारले कपडा वितरण गरेका थिए ।
सो वडाका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिला लगायतलाई न्यानो कपडा बाँडिएको वडाले जनाएको छ ।