बेलबारी/ चाडपर्व खर्चीलो हुदै जान थालेपछि बेलबारीका जनप्रतिनिधिले भडकिलो नबनाउन खवरदारी गर्न थालेका छन ।

हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गइरहेका बेला जनप्रतिनिधिले तिज सम्बन्धी गितनै सार्वजनिक गरेर बिरोध जनाएका छन । बेलबारी नगरपालिकाकी उप प्रमुख समेत रहेकी ढाका पराजुलिको शब्दमा रहेको भडकीलो नबनाइ मनाइन्छ बोलको तिज गितको छायाकन समेत भइरहेको छ ।

दुर्गा पराजुलिको सगितमा रहेको गित गितको स्वर यमुना पराजुलिको रहेको छ । गितको छायाकनको निर्माण समेत जनप्रतिनिधिलेनै गरीरहेका छन । महगा महगा गहना लगाउने महिना दिन अघि देखी श्रण खोजेर तिजको रमझम मनाउने प्रचलन बढि रहेका बेला जनप्रतिनिले भडकीलो तिज नमनाउन आग्रह गरेका छन ।

महगा महगा होटल रिसोट पाटी प्यालेसमा गएर महिनौ देखी तिजको रमाईलो भइरहेका छन बेलबारी नगरपालीकाकी उपप्रमुख समेत रहेकी पराजुलिले भनिन श्रण खोजेर समेत जितमा रमाईलो मनाउने गरीएको छ । गीतको छायाकन समेत मन्दीरमा गरीएको छ । तिजको गितको छायकन समेत महगा महगा होटल रिसोटमा गरीदै आएको छ । तर यो गितको छायाकन समेत मन्दीरमा गरीएको छ । बेलबारी ३मा रहेको कृष्ण मन्दीरमा गितको छायाकन गरीएको छ ।

निर्माताका रुपमा नगरकार्यापालिका सदस्य खिना थापा,बिन्दु गुरुङ, गिता गिरी वडा सदस्य निशा किरण राई रहेका छन । तिजमा महगा गहर गहना भडकिलो खानेकुराको गितमा बिरोध गरीएको सगितकार दुर्गा पराजुलिले बताए । सन्देश मुलक गितको तयार पारीएको उनले बताए । सस्कार सस्कृतिको सरक्ष्ण गर्नका लागी सन्देशमुलक गितको छायाकन गर्न थालिएको निर्माता खिना थापाले बताईन ।