बेलबारीः सिमसार प्रवद्र्धन तथा संरक्षणमा मोरङका सरोकारवाला एकजुट हुन थालेका छन् ।
मोरङ जिल्लामा पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक वन तथा सिमसारका प्रतिनिधिहरूको बैठकले मोरङ सिमसार प्रवद्र्धन तथा संरक्षण समिति गठन गरेको छ ।
बेलबारीस्थित बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा मङ्गलबार सम्पन्न सो भेलाले बेतना सिमसार संरक्षण समितिका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
नवगठित समितिका २ उपाध्यक्षमा हसिना सिमसार संरक्षण समिति सुन्दरहरैंचाका कविराज राई र मावा नुनसरी सामुदायिक वनका दीपेन्द्र थापा छन् ।
त्यस्तै, सचिवमा शान्ति सामुदायिक वनका कुलबहादुर गुरुङ, सह सचिवमा ग्रामीण सुधार सामुदायिक वनका सुनिता तामाङ र कोषाध्यक्षमा अमना सिसौली सामुदायिक वन बेलबारीका शर्मिला मगर चयन भएका छन् ।
समितिका सदस्यहरूमा किशोर चौहान, थानेश्वर नेपाल, गंगाप्रसाद साँवा, अग्निप्रसाद चौलागाई, कविराज धिमाल, धनबहादुर गुरुङ, रामविश्वास थारु, जनिलाल थारु, नरेन्द्र थापा, मनबहादुर पाठक लगायत छन् ।
भेलामा सेक्टर वन कार्यालय बेलबारीका प्रमुख शत्रुघ्नलाल देवको उपस्थिति थियो ।
पर्यटकीय सम्भावनाको अध्ययन गरी ती क्षेत्रहरूको थप विकास र संवद्र्धनमा काम गर्ने उद्देश्यका साथ समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष बस्नेतले बताए । साथै उनले विश्व सिमसार दिवसका दिन बेतनामा विशेष कार्यक्रम गर्ने तयारीका साथ आफूहरू अगाडि बढिरहेको बताए ।