इटहरी / टेलिभिजन च्यानल सेवा प्रदायक कम्पनी पशुुपती केवलले नेटवर्कले ग्राहकमाझ विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । इटहरीमा रहेर पूर्व क्षेत्रका विभिन्न स्थानमा सेवा पुुर्याउँदै आएको लोकप्रिय नेटवर्कले डिजिटल टेलिभिजन केवल जडानमा निशुल्क जडानसहितका विभिन्न प्याकेज पूर्वीबजार दैनिकमार्फत बुधवार सार्वजनिक गरे  को  हो । 
कम्पनीको जानकारीअनुसार डिजिटल सेटअप बक्स जडान गर्न चाहने ग्राहकले सेवा जडान गर्दा जडानवापतको खर्च लाग्ने छैन । सरकारले केवल टिभिलाइ डिजिटलाइज बनाउने योजनाअनसुार विभिन्न नजि कम्पनीले सेवा रुपान्तरण गरेका छन् । पशुुपती केवल नेटवर्ककका संचालन मुकुन्द भट्टराईले थप गुुणस्तरीय सेवा प्रदान गर्न कम्पनी नयाँ सोचका साथ अघि बढेको बताए । उनले ग्राहकले उच्च गुुणस्तरको सेवा प्राप्त गरुन भन्नका लागि निशुुल्क जडानसहितको योजना ल्याएको जानकारी दिए ।
उनकाअनुसार यो योजना केहि समयमा लागि मात्र सिमित गरिएको छ । सेवा प्रदायक कम्पनीले एचडी प्याकेज सेटअप बक्स सहित २३५ भन्दा बढी च्यानल समावेस गरी जडान गर्न सकिने जनाएको छ । ग्राहकले आफ्नो रोजाई अनुसार सेवा छनोट गर्न सक्नेछन ।
स्टाटर ,बेसिक र प्रिमीयम गरी तिन किसीमका प्याकेजहरुमा उपलव्ध गराएको र प्रति महिना न्युनतम रु.५०० देखि सेवा शुल्क रहेको बताइएको छ । साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिद गर्दा बिषेश छुट प्राप्त गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

xpasupati_cabul.jpg.pagespeed.ic.i9jynioVoA