झापाः प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् ।
दमकमा आज ४ वटा कार्यक्रममा उनी सामेल हुने कार्यतालिका रहेको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल पनि टोलीमा सहभागी छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई भद्रपुर विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।
त्यसैगरी, प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ ।
फ्रेबु्रअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्ध एयरले बुधबार राति परीक्षण उडानसमेत गरिसकेको छ ।