धरान: प्रदेश पोर्टल डटकमका प्रधान सम्पादक राजेश विद्रोहीसहित ६ जनालाई धरानमा सम्मान गरिएको छ । होटल म्यानेजमेन्ट पढाई हुने धरानको ह्वाइट हाउस कलेजले प्रधान सम्पादक विद्रोहीसहित ६ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा विश्वकै कान्छो फिल्म निर्देशकको रुपमा गिनीज बुक अफ वर्डमा नाम लेखाएका सौगात विष्ट,सेवक अभियानका अभियान्ता राजिव हलवाई, मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षत्री, सेकेण्ड रनरअप तपस्या रनपहेंली सम्मानित भएका हुन् ।

कार्यक्रममा युएन कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापक निरज मास्के, ओम रिमाललगायतलाई पनि प्रशंसा सम्मान गरिएको थियो । कलेजका डाइरेक्टर अरुण प्रधानले उनीहरूलाई सम्मान गरेका थिए ।

ह्वाइट हाउस कलेका चौथो ब्याजका विद्यार्थीहरुले सिकाई अनुभव प्रदर्शन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।