तेह्रथुमः नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकको अधिकारसहित विकास गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले यही माघ १५ गतेदेखि मुलुकभर सञ्चालन गरिरहेकोे ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ कार्यक्रमलाई म्याङलुङमा बिहीबार सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागितासहितको राजनीतिलाई सबै नागरिकको विकासका लागि उपयोग गर्न जोड दिए । डा भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेशाको रूपमा लिएर विकृतिको विकास गरेको आरोप लगाउँदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोका रूपमा संस्थागत गर्नुपर्ने बताए ।

केसीको मागमा समर्थन
डा. भट्टराईले वर्तमान डा. गोविन्द केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकामा भने शङ्का व्यक्त गरे ।