विराटनगरः एम्बुलेन्ससमेत रोकेर अन्य आवातजावत नै ठप्प हुने गरी विराटनगर– धरान सडकखण्डको विराटनगर ढाटमा सडकमै टिपर रोकिएका छन् । यसरी आन्दोलन गर्ने व्यवसायीलाई बलपूर्वक भए पनि हटाइने मोरङका सिडिओ रमेशकुमार केसीले बताएका छन् ।

एम्बुलेन्ससमेत रोकेर र्यालीको नाममा सडक यातायातलाई प्रभाव पार्ने गरी सडकमा रोकिएका टिपरलाई क्रेन लगाएर भए पनि हटाइने केसीले बताए ।

‘अहिलेसम्म व्यवसायीका प्रतिनिधिहरूसँग फोनमा मात्र कुरा भएको छ । टिपरलाई निकाल्छाँै निकाल्छौँ मात्र भन्दै हुनुहुन्छ’, प्रदेश पोर्टलसँग कुरा गर्दै केसीले भने, ‘यदि अटेर गरेर टिपरको अवरोध कायम रह्यो भने क्रेन नै लगाएर हटाउँछौँ ।’

बिहान बेलुका सडकमा टिपरको आवागमन रोक्ने कार्य बन्द हुनुपर्ने लगायतका माग राख्दै विराटनगरसम्म निकालिएको टिपर र्यालीलाई मोरङ प्रहरीले विराटनगर प्रवेशमा रोक लगाएको हो । अहिले विराटनगर ढाटमा यातायात आवागमन अवरुद्ध छ ।

ठूलो सङ्ख्यामा टिपरहरू विराटनगरतर्फ प्रवेश गर्न लागेपछि प्रहरीले विराटनगरतर्फ प्रवेश निषेध गरेको हो ।

trifar ryaali ambulance 1 copy