इटहरीः प्रदेश १ को प्रदेश सभाले सबैभन्दा धेरै कानुन बनाएको छ । ७ वटा प्रदेशमा प्रदेश १ ले नै सबैभन्दा धेरै कानुन बनाएको दाबी प्रदेश १ सरकारका कानुनी मस्यौदा सल्लाहकार तथा पूर्व सांसद रेवतीरमण भण्डारीको छ । भण्डारीका अनुसार नाम र स्थायी राजधानीको बारेमा बाहेक आवश्यक सबैजसो कानुन बनाउने काम प्रदेश १ ले गरेको छ ।
गत माघ २२ मा बसेको प्रदेश १ को प्रदेश सभाले हालसम्म विभिन्न २३ वटा विधेयक पारित गरेको छ । केही विधेयक दर्ता भएका छन् भने केही समितिमा विचाराधीन रहेका छन् ।
यी हुन् प्रदेश १ बाट पारित भएका २३ विधेयकहरू
क्र.स. पारित मिति पारित विधेयक
१. २०७४ चैत १९ गते प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४
२. २०७५ बैशाख ०५ गते विनियोजन विधेयक
३ २०७५ बैशाख ११ गते प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) विधेयक, २०७४
४ २०७५ बैशाख १२ गते गाउँ सभा र नगर सभा सञ्चालन (कार्यविधि¬) विधेयक, २०७५
५. २०७५ बैशाख २० गते प्रदेश नं.१ आकस्मिक कोष संचालन विधेयक, २०७५
६. २०७५ बैशाख २३ गते जिल्ला सभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, २०७५
७. २०७५ बैशाख २४ गते मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
८. २०७५ बैशाख २४ गते मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
९. २०७५ बैशाख २४ गते प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
१०. २०७५ बैशाख २४ गते गाउँ सभा तथा नगर सभाका सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
११. २०७५ बैशाख २४ गते जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
१२. २०७५ असार ४ गते प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
१३. २०७५ असार ६ गते प्रदेश रेडियो
१४. २०७५ असार १० गते विनियोजन विधेयक
१५. २०७५ साउन १६ गते जिल्लाको काम
१६. २०७५ साउन १६ गते अन्तर प्रदेश बासिन्दाको समान व्यवहार र सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१७. २०७५ भदौ १९ गते विपद व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१८. २०७५ भदौ २५ गते प्रदेश सामाजिक विकास संस्था विधेयक
१९. २०७५ भदौ २५ गते प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२०. २०७५ भदौ २६ गते प्रदेश वित्त व्यवस्थापन सम्बन्धी विधेयक
२१. २०७५ असोज १० गते प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२२. २०७५ असोज १२ गते प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२३. २०७५ असोज १४ गते सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
यी हुन् प्रदेश १ का संसदीय समितिमा रहेका ४ विधेयकहरू
१. प्रदेश सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
२. प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३.संशोधनका लागि सूचना दिइएका विधेयकः
४. प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
यी हुन् प्रदेश सभामा दर्ता भएका ३ विधेयकहरू
१. विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
२.भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३. प्रदेश सहकारी विधेयक, २०७५