विराटचोकः मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ६ लोचनीको मुसहर बस्तीमा आगलागी हँुदा ४ वटा घर जलेर नष्ट भएका छन् । दमकल ढिलो पुग्दा बढी क्षति भएको स्थानीयले बताए ।

आगलागीमा हेमलाल उराव, दयावती उराव, शैनी उराव र सतिलाल उरावको घर जलेकोे स्थानीय सुजन पोख्रेलले बताए । सुन्दरहरंैचा नगरपालिका र बुढीगङ्गा गाउँपालिकाको सिमानामा पर्ने मुसहर बस्तीमा आगलागी भएको हो ।

दमकल ढिलो पुग्दा फुसको छानो भएका घर जलेर नष्ट भएका हुन् । सो आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।