भोजपुरः पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताएका छन् ।
मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टँुिडखेलमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भारत र चीनजस्ता तीव्र आर्थिक समृद्धितर्फ गइरहेका देशको बीचमा नेपाल रहेकाले अबको सरकारले आर्थिक समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए ।
नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिको खाका कोरेर आफ्नो क्रियाकलाप अगाडि बढाएको उनको भनाइ थियो । ‘नेपालको राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक विकासमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।
जनसंवाद कार्यक्रम अभियानअन्तर्गत भोजपुरको अरुण गाउँपालिकाको प्याउली, पौवादुङ्मा गाउँपालिकाको च्याङ्ग्रे, भोजपुर सदरमुकामलगायतका ठाउँमा नयाँ शक्तिले कार्यक्रम गरिरहेको छ ।