इनरुवाः नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि १ कठ्ठा जग्गा निःशुल्क दिएका छन् ।

करीब ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले दान दिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बताए । मेहताले आफ्नी स्वर्गीय आमा सम्झादेवी मेहताको सम्झनामा हरिनगर गाउँपालिका–४ मा रहेको सो जग्गा प्राधिकरणलाई दिएको बताइएको छ ।

सुनसरीको हरिनगर गाउँपालिकालगायत आसपास क्षेत्रमा सर्वसुलभ विद्युत् सेवा पु¥याउन त्यो क्षेत्रमा प्रशासन शाखा निर्माण गर्नका लागि जग्गा दान दिएको प्रमुख साहले बताए । जग्गादाता कोइरीलाई प्राधिकरणले कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ ।