धनकुटाः प्रदेश नम्बर १ को प्रदेश बैठक बस्ने तयारी गरिरहँदा धनकुटामा भने स्थायी राजधानीको माग गर्दै आन्दोलन शुरु भएको छ ।

आजबाट शुरु भएको हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी गरेको भन्दै धनकुटामा राजधानीको माग गर्दै आन्दोलन शुरु भएको हो ।

‘प्रदेश एकको राजधानी धनकुटालाई बनाऔँ’ अभियानको आयोजनामा र्याली सहित कोणसभा गरिएको छ । र्यालीले नगरका विभिन्न भाग परिक्रममा गरी मदन चोकमा पुगेर कोणसभा गरेको थियो ।

र्यालीमा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज र स्थानीयवासीको सहभागिता थियो । धनकुटालाई प्रदेशको स्थायी राजधानी नतोकिएसम्म दबाबमूलक आन्दोलन गरिने अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

धनकुटा प्रदेश एकको मध्यभागमा रहेको र हरेक कुराले उपयुक्त भएकाले धनकुटाको विकल्प खोज्न नहुने नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए ।